arrow

हाम्राकुराकर्मी हरि पन्तलाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
rohani-pd-panta-dhading.jpg

पोखरा । हाम्राकुरा डटकमकर्मी हरि पन्तलाई पितृशोक परेको छ । उनका बुबा रोहिणीप्रसाद पन्तको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।

धादिङको साविक आगिञ्चोक-३ गाविस हाल त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल पोखरा-५ प्रस्याङ निवासी पन्त लामो समयदेखि दम रोगबाट अस्वस्थ्य थिए।

स्व. पन्तको मंगलबार नै रामघाटमा अन्त्येष्टि गरिएकाे छ । त्यसअघि, पोखरा-१४, देउराली टोलबाट शवयात्रा भएको थियो । १० दिन अस्पतालकाे उपचारपछि उनी दुई दिनअघि माहिला छोरा गणेशको निवास पुगेका थिए।

उनका श्रीमती विन्दा, चार छोरा, दुइ छोरी र १२ नातिनातिनी छन् । छोराहरु हरिसहित गणेश, कुमार र कुशल तथा छोरीहरु सानु अधिकारी र राधिका गौतम हुन्।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्यसमेत रहेका पत्रकार हरि विभिन्न मिडिया तथा सामाजिक संघसंस्थामा आबद्ध छन्।

धादिङ-पोखरा सम्पर्क समाजका निवर्तमान महासचिव उनी हाल सल्लाहकार छन् । उनी होटल प्रतिनिधि समाज पोखरा, कपडा व्यवसायी एसोसिएसन पोखरा र थोक व्यवसायी संघ कास्कीमा प्रेस सल्लाहकार भूमिकामा छन् । 

नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-५ का सचिव उनी नेपाल प्रेस युनियन कास्कीमा पनि छन् । बाबुको काजकिरिया पोखरा-५, प्रस्याङमा हुने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ