केपी ओलीलाई भेटे हर्क साम्पाङले, भने - काम नभएसम्म विश्वास लाग्दैन [भिडियो]
करिब पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
792
Shares
काठमाडौँ । धरान उपमहानगर पालिकाका मेयर हर्कराज साम्पाङले सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट गरेका छन् । धरानको जनताको खानेपानीको समस्या लिएर मेयर साम्पाङले प्रधानमन्त्री ओलीसँगको भेट गरेका हुन् ।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको आश्वासनमा शङ्का गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने बताए । उनले धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको बताए । उनले खानेपानी व्यवस्थापनका लागि करिब पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको बताए ।
मेयर साम्पाङले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।