arrow

एबीसी राष्ट्रिय भेट्रान्स फुटबल शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
vetrans-football-pokhara1.jpg

पोखरा । तेस्रो एबीसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगितामा साविक विजेता ढोलाहिटी फ्रिडम भेट्रान्सले विजयी शुरुआत गरेको छ ।

सोमबारदेखि पोखरामा शुरु भएको प्रतियोगिताको दोस्रो खेलमा ढोलाहिटीले लेकसाइड भेट्रान्सलाई ४-० गोलले पराजित गरेको हो । 

ढोलाहिटीको तर्फबाट कृष्ण मालाकार एक्लैले चार गोल गरे । उनी प्लेयर अफ द म्याच समेत मालाकार नै घोषित भए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । 

निर्धारित समयमा एक-एक गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा आयोजकलाई ३-२ गोल अन्तरले पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

उक्त खेलमा प्लेयर अफ दी म्याचको उपाधि एक्स वरियरका राम लक्ष्मण भुजेलले हात पारे ।

प्रतियोगिता उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गरेका थिए । 

प्रतियोगितामा १० टिम सहभागी छ । प्रतियोगिता विजेताले एक लाख ५५ हजार पाँच सय ५५, उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँ नगद पुरस्कार ट्रफी र मेडल प्राप्त गर्ने क्लब सचिव विजय घिमिरेले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार चार खेल हुनेछन । जसमा पहिलो खेल एक्स वरियर र हेटौँडा भेट्रान्स, दोस्रो खेल चितवन भेट्रान्स र संगम भेट्रान्स, तेस्रो खेल ढोलाहिटी भेट्रान्स र एसएनकेसी भेट्रान्स तथा अन्तिम खेल कालिका स्पोर्टिङ क्लब रुपन्देही-११ र बगर भाइखलकबीच हुने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ