राजावादीको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल, घाइतेको उपचार गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
664
Shares
काठमाडौँ । सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अराजक प्रदर्शनमा सहभागी नहुन आग्रह गरेका हुन्।
गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय भएको उनले जानकारी दिए। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।
'यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ', उनले भने। घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए।