arrow

आगलागीबाट भित्र्याउन ठिक्क पारिएको सात बिघा गहुँबाली जलेर नष्ट

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ चैत १८ सोमबार
wheat-fire-81-12-18.jpg

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ ठुलो सिसहानियामा  आगलागीबाट ७ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । कम्बाइनले एक्कासी खेतमा आगलागी हुँदा १५ जना किसानको ७ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

करिब २०० क्विन्टल बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार ठूलो सिसहानिया गाउँको खेतमा गहुँ काट्ने क्रममा आगो लागेपछि सोही आगो १५ जना किसानको गहुँबालीमा सल्किएको थियो । 

आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी लबनीको टोली आगलागी स्थलमा खटिएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् । 

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । स्थानीय  महिबुदिन मुसलमान , नैतुल्ला मुसलमान ,हकिकुल्ला मुसल्लमान लगायतको खेतमा आगो लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ