नेपाल-मलेसियाको बिचको फुटबल साँझ ७:४५ वाट सुरु हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
890
Shares
काठमाडौँ। नेपाल र मलेसिया बिचको खेल आज साँझ हुँदैछ। एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। सो खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुँदैछ।
एसियन कप छनोटको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल र मलेसिया समूह एफमामा रहेका छन्। फिफा वरियता अनुसार नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग नेपालले आज पहिलो प्रतिस्पर्धा गर्दै छ।
हालसम्म ७ पटक मलेसियाको सामना गरेको नेपालले ६ पटक पराजय भोग्न परेको थियो। तर, सन् १९८५ मा विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई गोल रहित बराबरीमा रोकेको एउटा मात्रै रेकर्ड रहेको छ।
गत शुक्रवार भएको मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा १५ स्थान माथिको सिङ्गापुरलाई भने हराएर आज मलेसियासँग मैदानमा उत्रन लागेको हो।