एन्फा केन्द्रीय कार्यसमिति सात महिनापछि पहिलो पटक, १६ एजेन्डामा छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
751
Shares
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दैछ । एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल हुँदैछ ।
बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परीक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।
पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । गत १० माघमै आठ केन्द्रीय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । जो अहिले बोलाइएको हो ।
यस्ता छन् बैठकका एजेन्डा–
१.नियमित साधारण सभा सम्बन्धमा ।
२. आ।व २०८१/०८२ वार्षिक कार्यक्रम तथा बजेटबारे ।
३.२०८०/८१ लेखा परीक्षण प्रतिवेदन बारे ।
४.२०८१/०८२ को लेखा परीक्षकको नियुक्तिबारे ।
५. मिडिया मार्केटिङको एजेन्सी नियुक्तीबारे ।
६. पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्नेबारे ।
७. फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्नेबारे ।
८. संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउनेबारे ।
९. संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृतबारे ।
१०. सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौटबारे ।
११. महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारीबारे ।
१२. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा ।
१३. एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा ।
१४. खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा ।
१५. निर्वाचन समिति र निर्वाचन पुनरावेदन समितिबारे ।