arrow

नेपालले ३६ वर्षपछि सिंगापुरमाथि लियो बदला, पहिलो पटक हराएर रच्यो इतिहास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
nepal-football-win-81-12-7.jpg

काठमाडौँ । नेपाली फुटबल टिमले पहिलो पटक सिंगापुरलाई हराएको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले ऐतिहासिक जित हासिल गर्ने क्रममा १–० ले पराजित गरेको हो । 

नेपाललाई जिताउन जिलेस्पिजंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२ मिनेटमै गोल गरेका थिए । त्यसपछि सिंगापुरले गोल फर्काउन नसक्दा पराजित भयो भने नेपालले ऐतिहासिक जित हासिल गर्यो । 

नेपालले ३६ वर्षपछि सिंगापुरलाई हराएर बदला लिएको हो । नेपालले चौथो भेटमा सिंगापुरलाई पराजित गरेको हो । 

सन् १९८२ मा २–० ले, सन् १९८९ मा ३–० ले र १९८९ मै ७–० ले सिंगापुरले नेपाललाई हराएको थियो । 

म्याट रोसले पहिलो खेलमै नेपाललाई ऐतिहासिक सफलता दिलाएका हुन् । उनले नेपाली टिमको प्रशिक्षण सम्हालेपछि पहिलो खेलमै नेपाललाई जिताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ