पाकिस्तान खेलमा फर्कियो, न्यूजिल्याण्डमाथि ९ विकेटको जित
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
784
Shares
तस्बिर – गेट्टि इमेजेज ।
काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको टी–२० श्रृंखलामा लगातार दुई खेल हारेर श्रृंखला गुमाउने स्थितिमा पुगेको पाकिस्तान अचानक सनसनीपूर्ण प्रदर्शनसहित खेलमा फर्केको छ ।
शुरुआती दुई खेल हारेको पाकिस्तानले शुक्रबार अकल्याण्डमा भएको तेस्रो खेलमा भने घरेलु टोली न्यूजिल्याण्डमाथि शानदार ९ विकेटको जित निकाल्यो ।
२०५ रनको चुनौती पाकिस्तानले १६ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो । हसन नवाजले ४५ बलमा अविजित रहँदै १०५ रन बनाए ।
नवाजसँग मिलेर दोस्रो विकेटका लागि अविजित १३३ रनको साझेदारी गर्ने क्रममा कप्तान सल्मान आघाले ३१ बलमा अविजित रहँदै ५१ रन जोडे ।
त्यस्तै ओपनर मोहम्मद ह्यारिसले २० बलमा ४१ रन जोडे । यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले एक बल खेल्न बाँकी छँदै अलआउट भएर २०४ रन बनायो । मार्क चापम्यानले ४४ बलमा ९४ रन बनाए । ह्यारिस रउफले ३ तथा शहीन शाह अफ्रिदी, अब्रर अहमद र अब्बास अफ्रिदीले २–२ विकेट लिए ।
यो जितसँगै पाँच खेलको श्रृंखलामा पाकिस्तान २–१ ले पछाडि छ । चौथो खेल आइतबार हुनेछ ।