arrow

पीएम कपमा सशस्त्र र सुदूर, कर्णाली र मधेस तथा गण्डकी र आर्मी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
pmcup-mens-national-cricket-2025.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिले तीन खेल भइरहेका छन् । सिद्धार्थनगरको मैदानमा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ भिडिरहेका छन् ।

खेलमा सुदूरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । भैरहवाको मैदानमा कर्णाली प्रदेशले मधेस प्रदेशसँग खेलिरहेको छ । टस जितेर कर्णालीले पहिले ब्याटिङ गरेको छ । 

त्यस्तै लमहीको मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच भिडन्त भइरहेको छ । खेलमा आर्मीले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ७ खेलबाट १४ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । पुलिस एकमात्र अपराजित टिम हो । 

६ खेलबाट १० अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । लुम्बिनी प्रदेश ७ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । 

सशस्त्र प्रहरीको एपीएफ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ । कर्णाली प्रदेश ६ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा छ । 

मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश समान ४ अंकसहित क्रमशः छैटौँँ, सातौँ र आठौँ स्थानमा छन् । 

कोशी प्रदेश र गण्डकी प्रदेशको समान २–२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ