शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध - प्रधानमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
795
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले द्धन्द्धकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाउन भन्ने कुरामा सरकार संवेदनशील एवं गम्भीर रहेको समेत बताए ।
उनले बेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो पटक संशोधन गरिएको समेत बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया यथाशक्य छिटो शुरु गर्ने समेत प्रतिबद्धता जनाए ।
उनले भने, ‘द्धन्द्धकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाउन भन्ने कुरामा सरकार संवेदनशील एवं गम्भीर छ । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने प्रक्रियामा आम सरोकारवालाहरूसँगको परामर्शमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, बेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो संशोधन भएको छ । हामीले यसै अधिवेशनबाट यसै संसद्बाट गरेका छौं । साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया यथाशक्य छिटो शुरु गरि शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध छ ।’