पचपन्न दिनभित्र सकिएला त कीर्तिपुरको पारापिट निर्माण ? [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
657
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारको अन्त्यमा सत्ता सम्हाल्दा पहिलो निर्णय नै तीन सय दिनभित्र त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदानमा पारापिट निर्माण कार्य तीन सय दिनभित्र सक्ने भनी हस्ताक्षर गरेका थिए ।
बिहीबारसम्म झण्डै दुई सय ४५ दिन सकिएको छ । अब ५५ दिनमात्र बाँकी रहेको छ । समय घर्कदै गएपछि केही दिनदेखिमात्र निकै तीव्र गतिमा काम भइरहेको छ ।
अब प्रश्न आउँछन् के ५५ दिनभित्रै पूरा होला उक्त कार्य ?
प्रधानमन्त्री ओलीले भने अन्य काम छाडेर भए पनि यो काम पूरा गरेर आफ्नो इज्जत जोगाइदिन निर्देशन दिइसकेका छन् ।
सो क्रममा उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निर्माणाधीन पारापिटको अवलोकन गरेर छिटो काम सक्न दबाब दिएका छन् ।