arrow

पीएम कपमा आर्मीको अपराजित यात्रामा पूर्णविराम, मधेसले हरायो, को कुन स्थानमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
pmcup-army-madhes.jpg

घोराही । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ । आर्मी मधेस प्रदेशसँग ३ विकेटले पराजित भएको छ । 

दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो । 

मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशङ्कर साहले ३८ र पवन सर्राफले  ३६ रन जोडे । रूपेश  सिंह ३८ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियो । 

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । मधेसका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।

दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । 

आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशलाई सुदूरपश्चि प्रदेशले ५ विकेटले हराएको छ । त्यस्तै नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ६ खेलबाट १२ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । पुलिस एकमात्र अपराजित टिम हो । 

६ खेलबाट १० अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । लुम्बिनी प्रदेश ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । 

सशस्त्र प्रहरीको एपीएफ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ । कर्णाली प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश ४ अंकसहित क्रमशः पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । 

कोशी प्रदेश र गण्डकी प्रदेशको समान २–२ अंक छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ