यी हुन् कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकका निर्णयहरू [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
731
Shares
काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पदाधिकारीको अनौपचारिक बैठकले १० गते कार्यसम्पादन समितिको बैठक डाक्ने समझदारी गरेको उनले जानकारी दिए । उनले १० गतेको कार्यसम्पादन समितिको बैठकको मुद्दा समसामयिक विषय रहेको बताए ।
बैठकमा राजावादीहरूको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताए । सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा नभएको पनि जिकिर गरे । सरकारले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए । जनअपेक्षा धेरै रहेको तर सरकारको काम गर्ने क्षमता सीमित रहेको र क्षमताले भ्याएसम्म काम गर्नुपर्ने बताए । सरकारमा बस्नेहरूले कुनै पनि नागरिकले प्रश्न गर्ने ठाउँ दिनु नहुने बताए ।
प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उनको नितान्त भएको र पार्टीको आधिकारिक धारणा नभएको बताए । पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पङ्क्ति र जनमानस दुबिधामा नपर्न आग्रह गरे । त्यस किसिमको धारणा नराख्न निर्देशन दिइएको पनि बताए ।