arrow

लिभरपुललाई हराउँदै न्यूक्यासलले जित्यो कारबाओ कपको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
cababao-cup-2025-newcastle.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब न्यूक्यासल युनाइटेडले कारबाओ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा प्रिमियर लिग लिडर लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै न्यूक्यासलले क्लबको इतिहासमा पहिलो पटक कारबाओ कप अर्थात् लिग कपको उपाधि जितेको हो ।

न्यूक्यासलको जितमा डान बर्न र एलेक्जेन्डर इसकले एक एक गोल गरेका थिए । त्यसैगरी लिभरपुलका लागि फेडेरिको चिएसाले एक गोल गरेका थिए ।

न्यूक्यासलले क्लबको इतिहासमा सन् १९५४–५५ मा एफए कप जितेपछि पहिलो पटक कुनै पनि घरेलु उपाधि जितेको हो । कारबाओ कपको डिफेन्डिङ च्याम्पियनसमेत रहेको लिभरपुलले भने अहिलेसम्म सबैभन्दा बढी १० पटक यो उपाधि जितेको छ ।
        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ