arrow

कोशीको पहिलो सनसनीपूर्ण जित, गण्डकी ३१ रनमै अलआउट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
pmcup-gandaki-81-12-3.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सनसनीपूर्ण जित हासिल गरेको छ । 

लगातार चार हार बेहोरेपछि कोशीले पाँचौँ खेलमा गण्डकी प्रदेशविरुद्ध कीर्तिमानी ९ विकेटको जित हासिल गरेको हो । 

जारी प्रतियोगिताकै सबैभन्दा कम योगफलमा रोक्ने क्रममा सिद्धार्थनगरमा भएको खेलमा कोशीले गण्डकीलाई ३१ रनमै रोक्यो । यो पीएम कपमा कुनै पनि टिमले बनाएको दोस्रो कम योगफल हो । 

यसअघि गत वर्ष पीएम कपमा कोशीले गण्डकीविरुद्धको खेलमा २५ रन मात्र बनाएको थियो । त्यसको बदला अहिले कोशीले लिएको छ । 

गण्डकीले २०.४ ओभर खेल्दा अलआउट भएर ३१ रन बनायो । अर्जुन कुमालले सर्वाधिक ९ रन बनाएको इनिङ्समा चार खेलाडीले खातासमेत खोल्न सकेनन् । 

बिपिन महतोले १७ रन खर्चेर ६ तथा फिदोश अन्सारीले १० रन खर्चेर ३ विकेट लिए । 

जवाफमा कोशीले ८.२ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । यो जितसँगै कोशीले पनि अंकको खाता खोलेको छ । 

आजका अन्य खेल
आज अन्य दुई खेल भइरहेका छन् । कर्णाली प्रदेशले सशस्त्र प्रहरीसँग र लुम्बिनी प्रदेशले बागमती प्रदेशसँग खेलिरहेको छ । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा समान ४ खेलबाट ८ अंकसहित नेपाल पुलिस क्लब शीर्ष तथा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेश ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । 

मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको समान २–२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ