arrow

पीएम कप क्रिकेटमा आर्मी र कोशी तथा पुलिस र मधेस मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
pmcup-mens-national-cricket-2025.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् । 

फाप्ला क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले मधेस प्रदेशको सामना गरिरहेको छ । खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

त्यस्तै सिद्धार्थनगरमा भइरहेको खेलमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन् । 

कोशीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । कोशीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । खाता नखोल्ने कोशी एकमात्र टिम हो । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा समान ३ खेलबाट ६ अंकसहित त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेका छन् ।

सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेश ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । 

मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको  समान २–२ अंक छ । 

कोशी प्रदेश अंकविहीन छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ