arrow

रहेनन् साहित्यकार क्षेत्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
lilabahadur-chettri.jpg

काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो । 

‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए । 

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ