arrow

प्रधानमन्त्री कप क्रिकेट

लुम्बिनी र गण्डकी, आर्मी र कर्णाली तथा मधेस र सशस्त्र मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
pmcup-cricket-madhes.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार तीन खेल भइरहेका छन् । सिद्धार्थनगरको मैदानमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशसँग खेलिरहेको छ । टस हारेर लुम्बिनीले पहिले ब्याटिङ गरिरहेको छ । 

भैरहवाको मैदानमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग खेलिरहेको छ । खेलमा टस हारेर आर्मीले पहिले ब्याटिङ गरिरहेको छ । 

लमहीको मैदानमा मधेस प्रदेशले सशस्त्र प्रहरीको एपीएफसँग खेलिरहेको छ । खेलमा मधेसले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा आर्मी र पुलिस समान ४ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् । 

सशस्त्र प्रहरी, मधेस, कर्णाली, लुम्बिनी प्रदेश, सुदूरपश्चिम र गण्डकीको समान २–२ अंक छ भने बागमती प्रदेश र कोशी प्रदेश अंकविहीन छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ