arrow

प्रधानमन्त्री कप क्रिकेटमा मधेस र कोशी तथा कर्णाली र गण्डकी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
pm-cup-koshi-lumbini-81.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् । 

मधेस प्रदेश र कोशी प्रदेशबीचको खेल सिद्धार्थनगरमा भइरहेको छ । खेलमा मधेसले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । मधेसले ठोस शुरुआत गरेको छ । मधेसका कप्तान अनिल साहले संयमित ब्याटिङ गरेका छन् । 

त्यस्तै कर्णाली र गण्डकीको खेल लमहीमा भइरहेको छ । खेलमा गण्डकीले टस जितेर बलिङ रोजेसँगै कर्णालीले ब्याटिङ गरिरहेको छ । 

कर्णालीले खराब शुरुआत गरेको छ । 

१० टोली सहभागी प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ