arrow

नेपाल हङकङसँग मात्र दुई रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
t20-nep-hk-w-25-3-10.jpg

काठमाडौँ । युगाण्डामा भइरहेको चार देशीय टी–२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल हङकङसँग मात्र दुई रनले पराजित भएको हो । 

नेपालले १०१ रनको चुनौती पछ्याउने क्रममा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन बनायो । 

कप्तान इन्दू बर्माले सर्वाधिक रन जोड्ने क्रममा ३३ बलमा ३२ रन बनाइन् ।

त्यस्तै पूजा महतोले १९ तथा बिन्दू रावलले १४ रन बनाइन् । त्यस्तै रोमा थापाले अविजित रहँदै १२ बलमा १३ रन बनाइन् ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै हङकङलाई सय रनमै रोक्यो । हङकङले ७ विकेटको क्षतिमा सय रन बनाएको हो । 

कप्तान नताशा माइल्सले ३५ रन बनाइन् । नेपालका लागि ईश्वरी विष्ट र ईन्दू बर्माले समान २–२ तथा पूजा महतो र रचनाकुमारी चौधरीले १–१ विकेट लिइन् । 

यो श्रृंखलामा नेपालले खेलेका तीन खेलमध्ये एक जित र दुई हार बेहोरेको छ । त्यस्तै हङकङले तीन खेलमा दुई जित र एक हार बेहोरेको छ ।

पहिलो चरण सकिएसँगै नेपालले दोस्रो चरणमा बुधबार (मार्च १२) नामिबियाविरुद्ध खेल्नेछ । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । 

त्यस्तै बिहीबार युगाण्डाविरुद्ध र शुक्रबार फेरि हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ