-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जाजरकोट । जाजरकोटमा आगलागी हुँदा जलेर १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका ८ ग्राक्लीका अमर रोकाया रहेका छन् ।
आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका छोरा अमरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।