काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा राज्यको चिनो हिल्सस्थित हिन्दू मन्दिरमा तोडफोड भएको छ ।
मन्दिरको पर्खालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी नारा पनि लेखिएको छ । भारतीय विदेश मन्त्रालयले आरोपीमाथि कडा भन्दा कडा कारबाही गर्न अपील गरेको छ ।
बोचासनवासी श्री अक्षर पुरषोत्तम स्वामीनारायण (बीएपीएस) संस्थाले विश्वभर एक हजार भन्दा बढी मन्दिर बनाएको छ ।
तीन वर्षमा १० ओटा मन्दिरमा हमला भएको छ । गत अगस्त ३ मा न्यूयोर्कको तुलसी मन्दिरमा तथा सेप्टेम्बरमा क्यालिफोर्नियाको सेक्रामेन्टोमा श्री स्वामीनारायण मन्दिरमा यस्तै घटना भएको थियो ।