पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरूआत
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
393
Shares
काठमाडौँ । आइतबारदेखि शुरु भएको पीएम कपमा लुम्बिनी प्रदेश, एपीएफ र कर्णाली प्रदेशले विजयी शुरुआत गरेको छ ।
सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गरको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछाएको कोशीले ४२.४ ओभरमा अल आउट हुँदै १८२ रन बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन बनाएका थिए भने लुम्बिनीका बलर अजय चौहानले सर्बाधिक ५ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको लुम्बिनीले आकाश त्रिपाठीको ६६ रनको सहयोगमा ४८ ओभरमा अल आउट हुदै २०८ रन बनाएको थियो ।
त्यसैगरी एक्स्ट्राटेक ओभल मैदान तिल्लोत्तमामा सम्पन्न अर्को खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई १०० रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।
त्यसैगरी दाङको लमहीमा सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७९ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ ।
सोमबार लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।