राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्ने सरकारको उच्च प्राथमिकता - मन्त्री दाहाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
722
Shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले तराई–मदेसका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरू सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भई सञ्चालनमा आउने दाबी गरे ।
उनले सडक दुर्घटना न्यूनीकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद्मार्फत विभिन्न कार्यहरू गरिएको उल्लेख गरे । उनले भाडा दर समेत स्वचालित हुने गरी व्यवस्था गरिएको बताए ।
उनले भने, ‘सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ र छिट्टै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने छ । तराई मदेसका जनतालाई सुविधा दिनको लागि निर्माण गरिएको हुलाकी राजमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता साथ काम गरिरहेको छ ।’
मन्त्री दाहालले सडक तथा पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताए ।