arrow

सात गृहसहसचिव सात जिल्लाका सीडीओ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
home-ministry-nepal.jpg

काठमाडौँ । गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओको रुपमा पुगेका छन् ।

त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ