arrow

दादुराको प्रकोपले अमेरिकालाई आक्रान्त पार्दै, टेक्सासमा मात्रै एक सय ६० घटना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
dadura.jpg
तस्बिर – फाइल ।

ह्युस्टन । अमेरिकी सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ ।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन् । यो प्रकोप महिनौँसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिएका छन् । 

टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको हो । 

सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाईको क्रममा राज्य स्वास्थ्य विभागकी आयुक्त डा जेनिफर शुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताइन् । 

“हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूयोर्कमा साढे १० महिनासम्म चलेको थियो ,” शुफोर्डले थपिन् ।

पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि संख्या बढ्दै गएको छ ।

सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन् ।

टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो ।

दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो । रासस–सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ