केपी ओली कपको फाइनल शुरु हुँदै, बुफोनले दिए शुभकामना
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
926
Shares
काठमाडौँ । केपी ओली कप फुटबलको फाइनल खेल केही बेरमै हुँदैछ । दशरथ रंगशालामा हुँदै गरेको फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेन्ड गोलकिपर गियानलुइगी बुफोन रहेका छन् । उनी आइतबार नै काठमाडौँ आइपुगेका हुन् ।
बुफोनले खेलअघि दर्शकलाई सम्बोधन गर्दै नेपाली फुटबल पनि विश्वकपमा पुग्न सक्ने बताए । उनले फुटबल एक्लैले खेल्ने खेल नभएकाले सबै मिलेर नै अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिएका छन् ।