आफूमाथि अनर्गल प्रचार गरेको भन्दै गणेश थापाले दिए एन्फा महासचिव राईविरुद्ध उजुरी
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
990
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष एवं राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान गणेश थापाले हालका एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् ।
थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोप प्रमाणित गर्न वा २४ घण्टासिभत्र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानूनी कारबाहीका लागि अगाडि बढेको वक्तव्यमार्फत जनाएका छन् ।