arrow

च्याम्पियन्स ट्रफीमा भारत न्यूजिल्याण्ड भिड्दै, कोहलीको तीन सयौँ खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
kohli-51-century.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण आज पूरा हुँदैछ । समूह चरणको अन्तिम खेलमा आज भारत र न्यूजिल्याण्ड भिडेसँगै सेमिफाइनल समीकरण पूरा हुने भएको हो । 

समूह बीबाट दक्षिण अफ्रिका समूह विजेता तथा अष्ट्रेलिया समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । 

यो समूहबाट अफगानिस्तान तेस्रो हुँदै तथा इङल्याण्ड पुछारमा रहँदै बाहिरियो । समूह एबाट भारत र न्यूजिल्याण्डको समान चार अंक रहेका अवस्थामा जित्ने टोली समूह विजेता तथा हार्ने टोली उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ । 

यो समूहबाट आयोजक पाकिस्तान र बंगलादेश बाहिरिइसकेका छन् । 

आजको खेल तटस्थ स्थल दुबई इन्टरनेशनल स्टेडियममा दिउँसो २ः४५ बजेदेखि शुरु हुनेछ । 

भारत र न्यूजिल्याण्ड दुवैले पाकिस्तान र बंगलादेशलाई हराएका थिए । भारत र न्यूजिल्याण्ड च्याम्पियन्स ट्रफीमा दोस्रो पटक आमने सामने हुँदैछन् । 

सन् २००० को फाइनलमा न्यूजिल्याण्डले भारतलाई हराएर उपाधि जितेको थियो । 

एक दिवसीयको हेड टु हेडमा अहिलेसम्म ११८ खेल भएकामा भारतले ६० खेल जित्दा न्यूजिल्याण्डले ५० खेल जितेको छ । ७ खेलमा नतिजा आएको थिएन भने एक खेल टाइ भएको थियो । 

यो खेलको विजेताले सेमिफाइनलमा अर्को समूहको उपविजेता अष्ट्रेलियासँग खेल्नेछ भने पराजित हुने टिमले दक्षिण अफ्रिकाको सामना गर्नेछ । 

कोहलीको तीन सयौँ खेल
भारतीय पूर्व कप्तान विराट कोहलीले आज ३०० औँ एक दिवसीय खेल खेल्दैछन् । उनले पाकिस्तानविरुद्ध २९९ खेल खेल्दै शतक बनाएका थिए । 

उनले एक दिवसीयमा १४ हजार ८५ रन बनाएका छन् । जसमा ५१ शतक सामेल छ । यो विश्वकै कीर्तिमान हो । यसअघि सचिन तेन्दुलकरको नाममा एक दिवसीयमा ४९ शतक रहेको थियो । 

कोहलीले १२३ टेष्टमा ९ हजार २३० रन जोडेका छन् । जसमा ३० शतक सामेल छ भने १२५ टी–२० मा एक शतकसहित ४ हजार १८८ रन बनाएका छन् । टी–२० बाट भने उनले संन्यास लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ