काठमाडौँ । विभिन्न सरकारी कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउनका लागि प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।
हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्षदेखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए ।
‘अर्डर अनुसार कागज बनाउने हो, कहिलेकाहिँ कच्चा पदार्थको अभाव हुन्छ, त्यसकारण माग अनुसार आपूर्ति गर्न सकिँदैन’, थामीले भने ।
कागज बनाउनका लागि पूर्वी नेपालबाट लोक्ता, र पश्चिम नेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गर्दाछ ।