arrow

अन्तर्राष्ट्रिय फुटबल खेलेर साम्बा र रेखा फर्किए आ–आफ्नो क्लबमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
samba-rakha-2025.jpg

काठमाडौँ  । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपपछि आ–आफ्नो क्लबमा फर्किएका छन् । 

पौडेल यूएईको आबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन् भने साम्बा फ्रान्सको महिला लिग क्लब र्इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।

अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य तथा महिला समितिकी अध्यक्ष सरिला श्रेष्ठ मलेकु र टोली प्रबन्धक बिन्द्रा देवानले दुवै खेलाडीलाई बिदाइ गरे । 

त्यस्तै गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार आफ्नो क्लब फर्कनेछन् । एन्जिला भने ग्रीसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा फाइनलसम्म पुगेको नेपाल म्यानमारसँग २–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । 

नेपालले १५ वर्षमा १३ प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ