arrow

च्याम्पियन्स ट्रफीमा इङ्गल्याण्ड र अफगानिस्तान भिड्दै, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
afg-eng-2025.jpg

काठमाडौँ । पाकिस्तानको आयोजनामा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत आज इङ्गल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । समूह बी अन्तर्गतको यो खेल पाकिस्तानको लाहोरस्थित गद्धाफी स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि शुरु हुँदैछ ।

जारी प्रतियोगितामा इङ्गल्याण्ड र अफगानिस्तानले आ–आफ्नो पहिलो खेलमा हार बेहोरेकोले यो खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । यो खेलमा हार बेहोर्ने देश सेमिफाइनलको दौडबाट बाहिरिने भएकाले दुवैका लागि जित्नै पर्ने अवस्था रहेको छ ।

यसअघि इङ्गल्याण्ड अस्ट्रेलियासँग र अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएको थियो । 

यसअघि मंगलबारको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो । सोसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । 

समूह बी मा दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने अस्ट्रेलिया २ खेलमा ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

इङ्गल्याण्ड र अफगानिस्तानबीचको हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म केवल ३ एकदिवसीय खेल भएका छन् । जसमा इङ्गल्याण्डले २ खेल जितेको छ भने अफगानिस्तानले एक खेल जितेको छ ।

च्याम्पियन्स ट्रफीमा समूह ए बाट भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान र बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।

भारत र न्यूजिल्याण्डको समान ४ खेल छ भने पाकिस्तन र बंगलादेश अंकविहीन छन् । 

यो समूहको अन्तिम खेलमा भारत र न्यूजिल्याण्ड तथा बंगलादेश र आयोजक पाकिस्तान भिड्ने छन् । 
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ