बंगलादेशी टिम झापा गोल्डकपको सेमिफाइनलमा, एनआरटी स्तब्ध
युवराज रेग्मी,
प्रकाशित २०८१ फागुन ११ आइतबार
618
Shares
झापा । बंगलादेशको काउरन बाजार झापा दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गर्दै बंगलादेशी टोली अन्तिम चारमा पुगेको हो ।
बंगलादेशी टोलीले अब सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजरसँग खेल्नेछ ।
चौथो अर्थात् अन्तिम क्वार्टरफाइनल खेलमा सोमबार सशस्त्र प्रहरीको एपीएफ र ट्रान्सपोर्ट युनाइटेड भुटान भिड्नेछन् ।
उक्त खेल दिउँसो साढे २ बजे सञ्चानल हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छ्न । सो खेलको विजेताले नेपाल पुलिस क्लबलाई हराएर सेमिफाइनलमा पुगेको झापा ११ सँग खेल्नेछ ।