arrow

नेपाल र म्यानमारबीच भिडन्त, लेबनान तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
kyr-lebnon-25-2-23.jpg

काठमाडौँ । लेबनान काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा तेस्रो भएको छ । आज सम्पन्न आफ्नो अन्तिम खेलमा कीर्गिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै लेबनान प्रतियोगितामा तेस्रो भएको हो ।

लेबनानको जितमा खेलको १३औं मिनेटमा कृष्टी मालोउफले र खेलको २२औं मिनेटमा मया रोजले गोल गरेकी थिइन् । 

लेबनान र कीर्गिस्तान यसअघिका आफ्ना २ खेलमा नेपाल र म्यान्मारसँग पराजित भएका थिए । कीर्गिस्तानले भने प्रतियोगितामा खेलेका तीनै खेलमा हार बेहोरेर पुछारमा रहेर खेल टुंगाएको छ । लेबनान तेस्रो भएको छ । 

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार खेल्दै छन् । 

यिनै टिम फाइनलमा बुधबार खेल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ