arrow

अभिनेत्री नरगिस बाँधिइन् विवाह बन्धनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
faruki-wedding-81-11-10.jpg

काठमाडौँ । बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छिन् । 

टाइम्स अफ इन्डियाका अनुसार, यो जोडीले हालै एक सामान्य समारोहमा विवाह गरेका थिए, जसमा उनीहरूका नजिकका परिवारका सदस्यहरू र साथीहरू मात्र उपस्थित थिए ।

रिपोर्टका अनुसार गोपनीयता कायम राख्न दम्पतीले समारोहको कुनै पनि तस्बिर नखिचिएको बताइएको छ । गोप्य विवाहपछि यो जोडी हाल स्वीट्जरल्याण्डमा आफ्नो हनिमुन मनाइरहेका छन् ।

नरगिस फाखरीले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो र टोनी बेगको सँगैको तस्बिर पनि शेयर गरेकी छिन् । नरगिस फाखरी र टोनी बेग विगत तीन वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ । टोनीलाई कश्मीरी मूलका व्यापारी मानिन्छ, जो हाल लस एन्जलसमा बस्छन् ।

अभिनेत्री नरगिस यसअघि अभिनेता उदय चोपडासँग सम्बन्धमा रहेकी थिइन् । २०१३ देखि उदयसँग सम्बन्धमा रहेकी नरगिसको २०१९ मा ब्रेकअप भएको थियो । 

नरगिसको रणवीर कपूरसँगको फिल्म रकस्टार बलिवुडमा प्रसिद्ध भएकी थिइन् । त्यसपछि उनी ‘मद्रास क्याफे’, फटा पोस्टर निकाला हिरो, मैं तेरा हिरो, सगसम, अजहर, ढिशूम र तोरबाज जस्ता फिल्महरूमा देखा परेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ