सञ्जीव भन्छन् – नेपालमा फुटबल क्रेज घटेको छैन, रणनीति बनाउनु पर्छ, रणनीति विफल हुँदैन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
1k
Shares
तस्बिर –रंगशालाबाट साम्बाका प्रशंसकको उद्दार गरिँदै, बीचमा क्याप लगाउने सञ्जीव मिश्र ।
काठमाडौँ । नेपालमा फुटबल खेलाडीहरुको क्रेज रहेको आज एक प्रशंसकको हर्कतले प्रमाणित नै गरिदिएको छ । नेपाली गोल मेशिन सावित्री भण्डारी साम्बालाई भेट्न एक प्रशंसक पारापिटबाट मैदानमा हाम फाल्दा घाइते नै भएसँगै फुटबलको क्रेज स्पष्ट देखिएको हो ।
घाइतेको उद्दार गरिएको छ । आज दशरथ रंगशालामा इन्टरनेशनल वुमेन्स च्याम्पियनशिप फुटबलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । नेपाल १–० ले विजयी भएको हो ।
नेपालका लागि एकमात्र निर्णायक गोल तिनै सावित्राले गरिन् । उनी नै आजको प्लेयर अफ द म्याच भइन् ।
यो जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । म्यानमार पनि दुवै खेल जितेर फानलमा पुगेको छ । गोल अन्तर बढी भएकाले म्यानमार शीर्ष स्थानमा छ ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार म्यानमारसँगै खेल्नेछ । सोही दिन एक खेलअघि नै बाहिरिएका लेबनान र कीर्गिस्तान खेल्नेछन् ।
के क्रेज बढेकै हो त ?
नेपाली फुटबलका इन्साइक्लोपिया एवं विज्ञ भनेर चिनिने सञ्जीव मिश्र नेपालमा फुटबलको क्रेज नघटेको दाबी गर्छन् । पछिल्लो समय क्रिकेटका दर्शक बढेको देखिएको भए पनि फुटबलका दर्शक नघटेको अहिले जारी फुटबल प्रतियोगिताले पनि देखाउँछ ।
सञ्जीव भन्छन्, ‘जहिले पनि रणनीति बनाउनु पर्छ । रणनीति विफल हुँदैन । गरेको मेहनत सफल हुँदा खुशी लाग्छ ।’
सञ्जीव त्यस्ता एकमात्र नेपाल फुटबलका सदावहार मेहनतकर्ता हुन् जसलाई नेतृत्वमा को आयो भन्ने मतलब हुँदैन । बस् उनी फुटबलका लागि निरन्तर लागिरहन्छन् ।
उनी सुविधाको पछि कहिल्यै पनि लागेनन् । र पनि जुनसुकै बेला फुटबलमा परेको अप्ठेरो सुल्झाउने एकमात्र सदावहार व्यक्ति उनै सञ्जीव हुने गर्छन् ।
साम्बाका क्रेजी फ्यानको उद्दारमा पनि उनै सञ्जीव देखिएका थिए ।