arrow

झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टरफाइनलमा 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ फागुन ८ बिहिबार
jhapa-goldcup-81b.jpg

झापा । झापा ११ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । आजको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा–११ अन्तिम आठमा पुगेको हो ।

झापाका लागि खेलको २९औँ मिनेटमा बबिन बोहोराले गरे । झापाले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । 

शुक्रबारदेखि क्वार्टरफाइनल खेल हुनेछ । पहिलो क्वार्टरफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीचको खेल हुनेछ । 

उपाधि विजेताले रु १३ लाख, ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले रु सात लाख, ट्रफी र पदक प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख पाँच हजार प्राप्त गर्नेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले रु २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार दिइनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ