arrow

यी हुन् फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू  [भिडियो]

परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण स्वीकृत, खानेपानी संस्थानमा ढकाल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
prithivi-subba-11-08.jpg

काठमाडौँ । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले मन्त्रिपरिषद्ले एउटै कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने वा खारेज गर्ने बारेमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले फागुन १२ गते हुने संयुक्त  राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८ औँ  नियमित बैठकमा सहभागिताका लागि हुने परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण पनि स्वीकृत गरेको छ । सरकारले आगामी वर्ष २०८२ को वर्ष भरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारणका विषयमा पनि स्वीकृत गरेको बताए । सरकारले औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू 
१. सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय  आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने । 
४. नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाल (गोरखा) लाई नियुक्त गर्ने,
५.नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत गर्ने
६. संयुक्त  राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८ औँ  नियमित सत्र अन्तर्गत २०८१ फागुन १२ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने हाइ लेबल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गर्ने,
७.नेपाल सरकारको नाममा दर्ता रहेको सरकारी जग्गा प्रसूति गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका रुपन्देहीलाई प्रयोग गर्न स्वीकृति दिने,
८.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोटका लागि प्रयोग गर्न स्वीकृति दिने,
९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा नेपाल सरकारको नाममा दर्ता भएको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देशीय पोलि टेक्निकल इन्स्टिच्युट व्यावसायिक प्रशिक्षण केन्द्रको भवन निर्माण प्रयोजनका लागि श्रम रोजगार तथा सामाजिक मन्त्रालयलाई प्रयोग गर्न दिने,
१०. पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोगको आदानप्रदान सम्बन्धी समझदारीमा भएको हस्ताक्षरलाई स्वीकृत दिने, 
११. नेपाल र संयुक्त राज्य अमेरिकाबीच हुने पुरातात्त्विक र समुदायको सांस्कृतिक विषयमा सम्बन्धित सामग्रीहरूको ओसार प्रसार तथा आयात प्रतिबन्ध सम्झौता स्वीकृत गर्ने,
१२. जर्मनीको बलिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोड्र्स आइटिभी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसमा फागुन २० देखि २४ गतेसम्म सहभागी हुन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिने, 
१३. मानव बेचबिखन तथा ओसार प्रसार ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने,
१४ औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने,
१५.विक्रम संवत् २०८२ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ