arrow

पोखरामा बेलुन विष्फोट घटनाः हावा भर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
pokhara-ballon.jpg

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा उडाउने बेलुनमा हावा भर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमार छन् ।

कुमारलाई घटनालगत्तै पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको र कुमारसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउन लाग्दा इलेक्ट्रिक क्यान्डिलबाट निस्किएको झिल्काले टिप्दा विस्फोट भएको थियो ।

सोक्रममा आगोको लप्काले टिप्दा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।

अर्थमन्त्री पौडेल उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने मेयर आचार्यको उपचार जारी छ ।

घटनाको भोलिपल्ट गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

समितिलाई घटनाको विस्तृत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ