arrow

कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
cdo-kaski.jpg

पोखरा । कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ तालिम प्रदान गरिएको छ ।

‘द आर्ट अफ लिभिङ’ गण्डकी प्रदेशको आयोजनामा कैदीबन्दीलाई आठ दिन तालिम दिइएको थियो । 

तालिम समापन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जीवनलाई सुन्दर बनाउन योग, ध्यान र ज्ञानले सहयोग पुग्ने बताए । 

उनले विगतका गल्तीलाई प्रायश्चित्त गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । 

जेलर राजेन्द्र शर्माले कैदीबन्दीको मानसिक स्वास्थ्य, आत्मबल वृद्धि र पुनः सामाजिक पुन:स्पनाका लागि तालिम फलदायी रहेको बताए । उनले आगामी दिनमा थप बन्दीका लागि पनि तालिमको खाँचो रहेको बताए ।

उनका अनुसार तीन वटा ब्लकमा रहेका तीन सय ५० जनालाई तालिम प्रदान गरिएको थियो । हाल कारागारमा सात सय ७९ जना बन्दी छन् । जसमा ४९ महिला र दुई जना नाबालक छन् । 

तालिममा स्वामी ब्रह्माचार्य श्री चैतन्य, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख सौमाया गुरुङ भट्टराई, प्रशिक्षक सागर पौडेल, डा रञ्जन लामिछाने र हेमचन्द्र गुरुङले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी कैदीबन्दीले कार्यक्रम उपयोगी रहेको अनुभव सुनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ