arrow

हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक चैत २१ सम्म बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
Indrasarawor_Gaunpalika.png

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले आइतबार सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन् । 

सो सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ । 

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ