एनआरटीलाई हराउँदै सगरमाथा इटहरी गोल्डकपको सेमिफाइनलमा, मछिन्द्र र झापा भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
720
Shares
धरान । एनआरटी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्ट्स इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार इटहरी रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनलमा छैटौँ मिनेटमा सगरमाथाका खेलाडी रिचार्डले गोल गरेका थिए । सो गोल नै निर्णायक बन्न पुग्यो ।
विदेशी खेलाडी रिचार्ड नै आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार नगद प्राप्त गरे ।
यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ । सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख लाख पुरस्कार पाउने छन् ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्ने छन्भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।