arrow

दुवै मड्रिड बराबरीमा रोकिँदा बार्सालाई शीर्षमा पुग्ने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
villareal-s[anish-25-2-15.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगामा शीर्ष स्थानका दुई टोलीहरु बराबरीमा रोकिँदा तेस्रो स्थानको बार्सिलोनालाई फाइदा भएको छ । 

आफ्नो २४ औँ खेल खेलेका रियाल मड्रिड र एथलेटिको मड्रिडले आफ्ना खेलमा बराबरीमा समेटिएपछि एक खेल कम खेलेको बार्सिलोनालाई फाइदा भएको हो । 

गएरातिको खेलमा रियाल मड्रिड ओसासुनासँग १–१ को बराबरीमा रोकियो । त्यस्तै एथलेटिको मड्रिडसँग घरेलु मैदानमा १–१ कै बराबरीमा रोकियो । 

गएरातिका अन्य खेलमा लेगनेसले डेपोर्टिभोसँग ३–३ को बराबरी खेल्दा गेटाफेले गिरोनालाई २–१ ले हरायो । त्यस्तै भिल्लारियलले भ्यालेन्सियासँग १–१ को बराबरी खेल्यो । 

आजका खेल
आज तीन खेल हुँदैछन् । स्पानियोलले एथलेटिक क्लबसँग बेलुकी ६ः४५ बजे, रियाल भल्लाडोलिडले राति ९ बजे सेभियासँग र राति ११ः१५ बजे मयोर्काले घरेलु मैदानमा लस पल्मससँग खेल्नेछ । 

अंक तालिका 
रियाल मड्रिड २४ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा छ । एथलेटिको मड्रिड २४ खेलबाटै ५० अंकसहित दोस्रो स्थानमा छ । 

बार्सिलोना २३ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा छ । आफ्नो २४ औँ खेल जित्दा बार्सिलोना शीर्ष स्थानमा पुग्नेछ । 

एथलेटिक क्लब २३ खेलबाट ४४ अंकसहित चौथो स्थानमा छ । 

स्पानियोल, डेपोर्टिभो र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ