arrow

अध्यादेश सर्वसम्मत पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
gandaki-province-pradesh.jpg

पोखरा । गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृत गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो । 

मुख्यमन्त्री पाण्डेले प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष प्रस्तुत गरेका थिए । 

प्रतिवेदन छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । 

बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले सामायिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गरेका थिए । सभाको अर्को बैठक फागुन ८ गते दिनको १.०० बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ