मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे, आठ अझै गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
760
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीन जना पुगेका छन् । शुक्रबार घाइते थप एक जनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठ जनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।
गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीन जना सामान्य घाइते भएका थिए ।
दुई जनाको यसअघि नै मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरु मःमः पसलकै कामदार हुन् ।