arrow

सैलुङमा बढ्यो पर्यटकीय गतिविधि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
sailung-081.jpg

काठमाडौँ । भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकको चहलपहल बढेको स्थानीयहरूले बताएका छन् । विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरूको जीविकोपार्जनका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले शैलुङ क्षेत्रको पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माणले महत्त्वपूर्ण सहयोग गरेको बताए । उनले प्राकृतिक सौन्दर्यलाई असर नपार्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सुविधा, सहजता र प्रचार प्रसारका लागि स्थानीय र प्रदेश सरकारको साथमा संघीय सरकारले पनि सहयोग गर्ने बताए । 

उनले भने, ‘यस क्षेत्रलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढाउनेछौँ । विशेष गरी यहाँ आउने भौतिक पूर्वाधारका विषयमा बाटो पनि पिच हुने क्रममा रहेको देखियो, यो सुखद कुरा हो । तर सहजताका नाममा प्राकृतिक सौन्दर्यलाई असर पार्ने गरी भौतिक निर्माण गर्नुहुँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रियता प्रचारप्रसार गर्न डिजिटल युगमा त्यति गार्‍हो छैन । यसका लागि पर्यटन बोर्डलगायत विभिन्न सङ्घ संस्थाहरू क्रियाशील छन् । स्थानीय सरकार र विशेष गरी प्रदेश सरकार यसका लागि लागि परोस्, सङ्घले पनि सहज गर्नेछ ।’

सैलुङमा नयाँ वर्ष र साउन पूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने स्थानीय सङ्गम लामा बताउँछन् । पर्यटकीय विकासका लागि गर्नुपर्ने काम धेरै भए पनि पहिलाको भन्दा धेरै नै विकास भएको उनको भनाइ छ । 

उनले भने, ‘सबैभन्दा भीड वर्षको दुई पटक हुन्छ, नयाँ वर्ष र साउन पूर्णिमाको तिथिमा । त्यस बेला २० हजारदेखि ३० हजारको सङ्ख्यामा मान्छेहरू आउँछन् । पहिला–पहिला बाटोको धेरै दुःख थियो, अहिले बाटो पनि बनेको छ, देउरालीसम्म पिच पनि भइसकेको छ । तर पनि गर्नुपर्ने काम त धेरै बाँकी छ । धेरै मान्छेहरू आउँदाखेरि हावाले हान्छ, त्यसको पनि सुरक्षा चाहिएको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ