भायानेटको कनेक्टिभिटी फुटबल मैदानसम्म, महिला च्याम्पियनशिपको शीर्ष प्रायोजक
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
579
Shares
काठमाडौँ । दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट' बनेको छ।
मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने,"खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको छ। ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्छ। हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक छ, र हामी यस यात्रालाई अझ बलियो बनाउन चाहन्छौँ । नेपाली टिमलाई अझ उचाइमा पुर्याउन हाम्रो निरन्तर साथ रहनेछ। फुटबल प्रवर्द्धन गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। महिला फुटबलको विकासमा सानो योगदान दिन पाउँदा हामी गर्व गर्छौं । खेलकुद राष्ट्रको उन्नतिको एउटा महत्वपूर्ण आधार भएकाले, महिला फुटबललाई थप सशक्त बनाउने प्रयासमा हामी पनि सामेल भएका छौं।"
भायानेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ ।