arrow

केजरीवाल युग समाप्त, झड्केलो राजनीति गरेको आप मदिरा प्रकरणले डुब्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
arvind-kejariwal-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको दिल्लीमा भएको विधान सभा निर्वाचनमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । 

उनको यो हारसँगै झड्केलो राजनीतिको जननीका रुपमा उदाएका आम आदमी पार्टीका प्रमुख केजरीवालले आफ्नै निर्वाचन क्षेत्रमा चुनाव हारेसँगै उनको युग समाप्त भएको छ । 

यसअघि लगातार तीन कार्यकाल सत्ता सम्हालेको आम आदमी पार्टीका प्रमुखलेसमेत हारेपछि केजरीवालको झड्केलो राजनीतिसमेत सकिएको अनुमान गरिएको छ । 

केजरीवाललाई भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्माले पराजित गरेका हुन् । केजरवाल ३ हजार भोट अन्तरले पराजित भएका हुन् । उनी नयाँदिल्लीबाटै चुनाव लडेका थिए । 

त्यस्तै उपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । उनलाई पनि भाजपाका उम्मेदवार तरविन्दर सिंह मारवाहले ५७२ मतले हराएका हुन् । 

हालकी आपकी मुख्यमन्त्री आतिशी मर्लेना भने विजयी भएकी छिन् । उनले भाजपाका रमेश बिधून्डीलाई ९८९ मतले हराएकी हुन् । 

योसँगै आप २२ सिटमा खुम्चिने लगभग तय भएको छ भने भाजपाले सन् २०२० को चुनावको तुलनामा ६ गुणा बढी सिट ल्याउने देखिएको छ । 

सन् २०२० मा भाजपाले जम्मा ८ सिट जितेको थियो । आपले ६२ सिट जितेकामा अहिले २२ सिटमा खुम्चिने लगभग तय छ । 

केजरीवाल दिल्ली मदिरा प्रकरणले डुबेको बताइन्छ । उनी पक्राउ परेर थुनामा बसेका थिए । बाहिर आएपछि उनले मुख्यमन्त्री पद छाडेर जनताबाट अनुमोदित भएपछि पुनः मुख्यमन्त्री बन्ने भनेको भए पनि उनलाई मदिरा प्रकरण घोटालाका कारण जनताले पत्याएनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ