arrow

विराट अन्तर्राष्ट्रिय भेट्रान गोलकपको उपाधि भिडन्त आज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
birat-goldcup-2081t.jpg
तस्बिर – फाइल ।

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित चौथो विराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक टोली बिराट भेट्रान ए र बी आमने सामने हुने भएका छन् ।

शुक्रबार नगरको  सुकुना खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा विराट भेट्रान एले दुधे भेट्रान, झापालाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको छ  । दोस्रो सेमिफाइनलमा विराट भेट्रान बीले पूर्वाञ्चल भेट्रान, झापालाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

आज हुने फाइनल खेलमा आयोजक कै दुई टोली उपाधिका लागि भिड्ने छन् । विराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछन् । 

उपविजेताले ५० हजार ५५५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपमा स्वदेशका ८ तथा विदेशका २ गरी भेट्रान टिमको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ